बिक्की प्रहरीको सर्वाधिक खोजीमा

दाङ, साउन ३० । दाङ प्रहरीले तुलसीपुर– ११ बेलटाकुरा निवासी बिक्कीसीङ ठुकुरीलाई सार्वाधिक खोजीको सूचिमा राखेको छ । तुलसीपुर–१२ कचेली निवासी रामहादुर वली(पाटेबाघ) को हत्याको प्रमुख योजनाकार भन्दै सार्वाधिक खोजीमा राखीएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘विक्कीले काठमान्डौ बसेर चलाखीपूर्ण रुपमा योजना बनायो ताकि प्रहरीलाई समेत अनुसन्धान गर्न गाह्रो भयो,’ प्रहरी प्रमुख पाण्डेले भने–‘ त्यसपछि दाङमा घटना घटायो ।’ खोजी तिब्र पारेको प्रहरीले विक्कीलाई कल ट्रयापिङका आधारमा काठमान्डौबाट बुटवलसम्म आएको र फोन सूईचअफ पछि पत्ता लगाउन नसकेको जनाएको छ ।

बरबरतापूर्ण तवरले हत्या गराउने प्रमुख योजनाकार भएकोले विक्कीलाई सरकभर आजीवन काराबास हुने बताउदै प्रमुख पाण्डेले यदि त्यसो हुन नसके कम्तीमा पनि २५ बर्ष जेलसजाय हुने बताए । वली हत्याको आरोपमा ६ जना पक्राउ परीसकेका छन् ।असार २८ गते उरहरीको जनबहार चोकमा खुकुरी प्रहारबाट गम्भिर घाइते वलीको उपचारका लागि लखनउतर्फ लैजाने क्रममा भोलीपल्ट मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *