इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरबाट किशोरी बेपत्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । दाङको तुलसीपुरबाट विगत ९ दिनदेखि एक किशोरी बेपत्ता भएकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरबाट १६ वर्षकी अन्जु नेपाली बेपत्ता भएको हजुरबुवा झोमराज सार्कीले जानकारी दिनुभयो ।  छलफलका लागि प्रहरीमा पुगेकी अन्जुले घर जादैन भनेर जिद्दी गरेपछि हजुर बुवा झोमराजको अनुरोधमा प्रहरीले अन्जुलाई घरमा लगिदिने बचन दिएका थिए । तुलसीपुरको बसपार्क स्थित एक होटलमा  नातिनीसँग जोडिएको घटनालाई लिएर हजुरबुवा अन्जुलाई लिएर असोज १५ गते इलाका प्रहरी कार्यालयमा जानुभएको थियो । सोही दिनदेखि नातिनी बेपत्ता भएको  उहाँले बताउनुभयो ।

‘बस पार्कको एक होटेलमा नातिनीसँग जोडिएको घटनालाई लिएर इलाका प्रहरी कार्यालयमा छलफलका लागि गएका थियौ । छलफलपछि नातिनीलाई घर जाम भने, तर उसले जाँदैन भनी । हजुर आमाले पनि हिँड् नातिनी घर जाम भन्दै सम्झाई बुझाइ गरिन अहँ जाँदैन भनी । त्यसपछि प्रहरीलाई नातिनीले मान्दिन । हजुहरुले ल्याइदिनुहोला भने । उहाँहरूले हुन्छ भन्दै फोन नम्बर दिनुस् भन्नुभयो । मैले फोन नम्बर दिए । त्यसपछि हामी घर तिर लागिम । नातिनी आउले भन्दाभन्दै रात परिसक्यो आइन । भोलि पल्ट दूध, समोसा र पानी लिएर इलाकामा गए नातिनीलाई देखिन । कहाँ गइ सर भनेर सोध खै थाहै भएन कतिखेर यहाँबाट निस्कीछन् भनेर प्रहरीले भने ।’ नातिनीको खोजीमा भौँतारिएका हजुर बुवा झोमराजले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले कही कतै देखेमा मोबाइल नम्बर ९७४८३५४६५८ मा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ । अन्जुलाई डिप्रेसनकाे अलिअलि समस्या भएकाे समेत हजुरबुवा झाेमराजे भन्नुभयाे । यता इलाका प्रहरी कार्याल तुलसीपुरका डिएसपी अनिल ठुकुरीले आफु आउनुभन्दा अघिकाे केस भएकाले बुझेर बेपत्ता भए खाेजी गर्ने बताउनुभयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad