दाङमा सात दिनमा लागुऔषधसहित १८ जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । दाङमा प्रहरीले सात दिनको अवधिमा लागुऔषध सम्वन्धीमा अपराधमा ५० किलो बढी लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका विभिन्न कार्यालयहरुले असोजको १६ गतेदेखि २२ गतेसम्म दुई जना महिला र १६ जना पुरुष गरेर १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले उनीहरुको साथबाट सवैभन्दा धेरै चरेस ३८ किलो ९७२ ग्राम नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो जिल्लामा प्रहरीले पक्राउ गरेको सवैभन्दा ठुलो परिणामको लागुऔषध हो । त्यसैगरी प्रहरीले ११ किलो १८० ग्राम अफिम र १० ग्राम ३४० मिलीग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको छ । ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम प्रहरीले मंगलवार घोराही उपमहानगरपालिका–१८ मसिनाबाट पक्राउ गरको हो । उहाँका अनुसार प्रहरीले घोराही, तुलसीपुर र लमही क्षेत्रबाट लागुऔषध नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad