बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २३ असोज । गुल्मीमा जीप दुर्घटनामा परी १६ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुर तर्फ आउँदै गरेको लु १ झ २०८८ नम्बरको यात्रु वाहक जीप जिल्लाको सत्यवती गाउँपालिका –१ अन्र्तगत कुडालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपमा सवार चालक सहित १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् । उक्त जीप अनियन्त्रित भई सडकबाट दश मिटर तल खसेको बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा घाईते भएकाहरु मध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको छ भने अन्य घाईतेहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाईएको सूचना अधिकारी पोख्रेलले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad