प्लास्टिकको प्रयोग कम गर्न दंगीशरणमा दुना टपरीलाई प्राथमिकता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ असोज । दाङको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले प्लास्टिकको सामानको प्रयोग रोक्न दुना टपरीलाई प्राथमिकता दिएको बताउनुभयो । प्लास्टिक प्रतिस्थापन गर्न कृषि वनमा आधारित स्थानीय उत्पादनको प्रबर्द्धनका लागि संवाद कार्यक्रममा उहाँले प्लास्टिको साट्टामा पालिकामा हुने कार्यक्रममा दुना टपरी प्रयोग हँुदै आएको बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन र प्लास्टिकका सामाग्री विस्थापन गर्न आउँदो हिउँदे अधिबेसनमा वन ऐन बनाएर काम गर्ने बताउनुभयो । वनमा खेर गएका पातबाट दुना टपरी बनाउन सकिने, काठबाट राम्रा फर्निचरका सामानसंगै आकर्षक सामाग्री बनाउन सकिने उहाँको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसबाट स्थानीलाई आयआर्जनसं जोड्न सकिने उहाँले बताउनुभयो । दंगीशरणका महिलाहरुले विभिन्न समयमा सिपमूलक तालिम लिएकाले उनिहरुले उत्पादन गरेका सामाग्रीलाई पालिकाले समन्वय गरेर बजारीकरण गर्न सक्ने बताउनुभयो ।

उहाँले स्थानीय महिलाले उत्पादन गरेका सामान एक पटक किने पछि वर्षौसम्म रहने भएकाले स्थानीयस्तर भन्दा पनि पर्यटकीय क्षेत्रमा बिक्री गर्नसके बजारीकरण राम्रो हुने बताउनुभयो । अहिले पालिकाले अंपाग भएकालाई ४ लाख, द्वन्द पिडितलाई २ लाख रकम छुट्याएर घुम्तीकोष मार्फत काम गरिरहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै सामुदायिक वन महासंघका केन्द्रिय उपाध्यक्ष महोमद कर खाँले ४९ प्रतिशबाट ४६ प्रतिशत वन व्यवस्थापन गरेको बताउनुभयो । ‘एक सामुदायिक वन, एक उद्यम’ भन्ने नारा लिएर काम गर्ने गरेको बताउनुभयो । गरिब दलित, आदिवासी जनजातीलाई वनसंग जोडेर आर्थिक उपार्जनमा टेवा पुर्‍याउने काम गरेको बताउनुभयो । पछिल्लो समय भारत र नेपालका खुल्ला सिमाका कारण नेपाली उद्योगीलाई समस्या भएको उहाँको भनाइ छ । भारतबाट आयात हुने सामानलाई प्रतिबन्ध लगाउने र स्थानीयले स्थानीय स्तरमै उत्पादित सामाग्रीलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी पलिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खत्रीले प्लाष्टिकका सामान प्रयोगले मानिसको स्वास्थ्यमा असर परेको बताउनुभयो । उहाँले पहिले पुजाआजा, बिहेमा सालको पात प्रयोग हुने गरेपनि अहिले यो परम्परा हट्दै गएको र प्लास्टिकका प्लेट लगायतका भाडा प्रयोगमा आएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्लास्टिकको प्रयोगले मात्र नभइ यि सामाग्री जलाउदा पनि वातावरणीय असरसंगै मानवको स्वास्थ्यमा समेत असर परेको बताउनुभयो । प्लाष्टिकको प्रयोग नगर्न उहाँले सबैमा आग्रह गर्नु भएको छ । संवाद कार्यक्रमको सहजीकरण पत्रकार जेएन सागरले गर्नु भएको हो ।

यस्तै कार्यक्रमा बोल्ने अन्य बक्ताले प्लास्टिकका सामाग्री प्रयोगले हुने हानी, यसको चुनौती र यस्को बिस्थापन सबै मिले अगाडी बढ्नुपर्ने बताएका छन् । त्यस अबसरमा कनरीया महिला उद्यमी फम, गनारी ढकिया महिला उद्यमी, कालिका पकरे कृषि वन उद्यमी, कृषि औजार तथा खुकुरी निमाणर् उद्यमी र हाम्रो राजाकोट सहकारीले बनाएका दुना, टपरी लगायका सामाग्री प्रर्दशनी गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हाम्रो राजाकोट बहुश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु गौतम अध्यक्षता तथा दंगीशरण गाउँपालिकका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवं सामुदायिक वन महासंघका केन्द्रिय उपाध्यक्ष महोमद कर खाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

राजाकोट सहकारी संस्थाका ऋृण उपभोक्ता समितिका संयोजक यशोदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हाम्रो राजाकोट बहुद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष चक्र मिलन विश्वकर्माले गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad