घोराहीबाट ब्यक्ति अपहरण गर्ने दुइ जना पक्राउ

दाङ, २१ असोज । दाङमा एक जना ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेको छ । ब्यक्ति अपहरणको सुचना पाए लगत्तै खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टाेलिले अपहरणमा परेका घोराही १५ बिपि चोक निबासी बर्ष २०/२१ आयुष केसिलाई प्रहरीकै सकुशल उद्धार गरेको छ ।
पैसाको लेनदेन नमिलेपछि केसिलाई घोराहीबाट बा १५ च ९६९६ रातो फोर्ड गाडिमा हालि अपहरण गरेका नवलपरासी कावासोति ८ का बर्ष २० का साहिल ढकाल र सोही ठाउँ निबासी बर्ष २५ का बिपिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चारैतिरबाट खोजी तिब्र पारेपछि लमही कुलमोड नजिकैबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेपछि उनिहरुमाथी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad