नवदुर्गा ग्रिन पार्कमा संरचना थपिदै , घटस्थापनाको अवसरमा आज दुर्गाको मुर्ति स्थापना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा ग्रिन पार्कमा दुर्गाको मुर्ति स्थापना गरिएको छ । घटस्थापनाको अवसरमा पार्कमा आज दुर्गाको मुर्ति स्थापना गरिएको हो ।

वडा अध्यक्ष घनश्याम ढकालको विशेष उपस्थितमा समाजसेवी केशवराज सापकोटाले पार्कमा मुर्ति स्थापना गर्नुभएको हो । पितृको सम्झनामा पार्कमा दुर्गाको मुर्ति स्थापना गरिएको सापकोटाले बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

करिब ६ बिगाह क्षेत्रफलमा फैलिएको पार्कलाई आर्कषक बनाउन दुर्गाको मुर्ति स्थापना गरिएको हो । संघिय व्यवस्था लागु भएपछि २०७५ सालमा पार्कको परिकल्पना गरिएको छ ।

निर्वर्तमान नगरप्रमुख घनश्याम पाण्डेको पालामा २०७५ सालमा पार्कको परिकल्पना गरी डिपिआर गरिएको वडा अध्यक्ष घनश्याम ढकालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय पार्कको विकासका लागि पालिकासंगै प्रदेश सरकारले पनि आवश्यक बजेट व्यवस्थापन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश सरकारले पटक–पटक गरेर अहिलेसम्म ६० लाख बजेट दिएको छ । जसमध्ये शुरुको ३० लाखमा १८ लाखमात्रै खर्च भएर बाँकी रकम फिर्ता भएको वडा अध्यक्ष ढकालले बताउनुभयो ।

चालु वर्षमा पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीकै पहलमा १० लाख बजेट बिनियोजन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०/२०८१ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । यस्तै वडाले गतवर्षमा ५ लाख र अहिले ४ लाख बजेट बिनियोजन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्कको डिपिआर ९ करोड ८९ लाखको रहेको र करिब ७० हेक्टर क्षेत्रफल फैलिने डिपिआर बनेको पार्कका अध्यक्ष जय बहादुर घर्तीले बताउनुभयो । उहाँले पार्कमा अहिलेसम्म तारबार गरिएको, चमेनागृह बनेको, दुबो रोप्ने काम भएको, खानेपानीको व्यवस्थापन गरिएको , विद्युतको व्यवस्था गरिएको र अन्य सजावटका काम पनि भइरहेको बताउनुभयो ।

पार्कमा अब स्विमिङ पुल, चिल्डे«न पार्क, बालबालिका खेल्ने पिङ लगायतका संरचना बनाउने तयारी रहेको छ । पार्कको विकासका लागि वडा सरकार, स्थानीय सरकार र प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरिरहेको र पार्क छिटै पूर्णरुपमा संचालनमा ल्याउने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय अगुवा मुक्तिप्रसाद न्यौपानेले पार्कको व्यवस्थापन गर्ने काम तिब्र रुपमा भइरहेको र आगामी दिनमा पनि पालिका र प्रदेश सरकारले आवश्यक सहयोग निरन्तर गर्नुपर्ने बताउनुभयो । उहाँले पार्कको सरसफाइदेखि सजावटमा नेतृत्वले ध्यान दिनुपर्ने समेत बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad