दङ्गीशरणका महिला परम्परागत सीपबाटै उद्यमी बन्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ८ असोज । दाङको दङ्गीशरण १ का महिला परम्परागत सीपबाटै उद्यमी बन्न थालेका छन् । बिहान घरको काम सकेपछि दिनभरीको समयमा उनीहरू ढकिया, फूलदानी, पुजादानी कलमदानी, हटकेसजस्ता सामान बुनेर आत्मनिर्भर बन्न थालेका हुन् ।

दाङको दङ्गीशरण-१ रहरपुरकी सङ्गीता चौधरीले केही समय अघिसम्म छोरालाई विद्यालय पठाएपछि फुर्सदिलो हुने गरे पनि हिजोआज काँश, खर र बाबियोबाट ढकिया बुन्ने गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो थारु समुदायको परम्परागत सीप हो । यही सिपबाट आय आर्जन हुन थालेपछि, सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । रहरपुरकै सरस्वती चौधरीले पनि काँस, खर र बाबियोका विभिन्न सामानबाट आम्दानी भइरहेको बताउनुभयो ।

पहिले ढकीया मात्र बनाउने उहाँ अहिले भने फूलदानी, पुजादानी, कलमदानी, हटकेस, चटै, टिप्लेटलगायतका सामान बनाउन सक्ने हुनुभएको छ । गत वैशाखमा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट तालिम लिएका १३ जना महिलाले कनरिया महिला ढकिया उद्यमी फर्म दर्ता गरेर व्यवसाय गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ढकिया बुनाइमा महिलाको आकर्षण बढे पनि कच्चा पदार्थ बाहिरबाट मगाउनुपर्ने भएकाले समस्या देखिएको समूहकी अध्यक्ष फूलकुमारी चौधरीले बताउनुभयो । तालिम पाएका महिलाले उत्पादन गरेका सबै सामान सहकारीले नै खरिद गरिरहेको छ ।

स्थानीयस्तरमा हराउँदै गएको सीप संरक्षण गर्न तथा समुदायलाई पेशाप्रति आकर्षित गराउन महिलालाई सिपमूलक तालिम दिइएको हाम्रो राजाकोट सहकारी संस्थाका उपाध्यक्ष चक्रमिलन विश्वकर्माले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समुदायको पुरानो सिप ब्युँताउन पाएकोमा दङ्गीशरणका महिला खुसी छन् । यही सिपले आयआर्जन र आत्मनिर्भर बन्ने बाटो पनि खोलेकोमा उनीहरू दङ्ग परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad