गढवामा खसी बाेकाकाे सामुहिक बजारीकरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

आलोक भावुक

दाङ, ८ असोज । गढवा गाउपालिका द्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएकाे श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बाेकाकाे सामुहिक बजारीकरण कार्यक्रम गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा ३ गाेबरडिहा मुक्त कमैया बस्तीमा सामुहिक बजारीकरण कार्यक्रम सम्पन्न भएकाे हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहकारी संस्थाले ३० जना कृषकको ९ लाख ९३ हजार रुपैयाँ बराबरको खसिबाेका बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनु भयो। गढवा गाउँपालिका वडा नम्बर ३ सुपैला, गाेबरडिहा, रतनपुर, माधवपुरका ३० जना कृषकहरुले पालेका ३४ वटा खसी तथा ८ वटा बाेका गरि जम्मा ४२ वटा बिक्री गरिएको हो । १ हजार ५ सय किलाे बराबरको खसिबाेका बिक्री गरिएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनुभयो।

एउटा दुईवटा खसी बोका पाल्ने किसानलाई कहाँ कसरी बेचम भन्ने पिर हुन्थ्यो । तर गाउँभरिका खसीबोका एकैपटक बजारीकरण गर्न सहकारीले कार्यक्रम बनायो । जसबाट अहिले गाउँघरका खसीबोका बिक्री गर्न सहजता आएको छ अध्यक्ष रावतले भन्नुभयो ‘सबैको सहकार्यमा व्यापारीको खोजी गर्ने र गुणस्तरीय खसीबोका बिक्री गर्ने हाम्रो योजना हो । सोही अनुसार काम भइरहेको छ – अध्यक्ष रावत क्षेत्रीले भन्नुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरुसंग २० किलो भन्दा कम तौलको खसी ४सय ७० रुपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रुपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रुपैया प्रतिकिलोको दरले घरआगनबाटै खरिद गरेको छ। भने बोका ५ सय २० रुपैयाँ प्रति किलोको दरले खरिद गरेर बजारीकरण गर्न लागेको महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष रावत क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँघरमा पुग्ने व्यवसायीले आफै मूल्य तोक्ने र खरिद गर्दै आउँदा किसान ठगिने अवस्था थियो । तर अहिले स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेपछि किसानले ढुक्कसँग खसीबोका बिक्री गर्न पाएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बताउनुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गढवा गाउँपालिकाले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम लागु गरेपछी महिला उद्यमी तथा किसान व्यावसायिक बाख्रा पालनमा जोडिएका छन् । बाख्राको खोर सुधारदेखि नश्ल सुधार तथा पालनमा नयाँपन दिएपछि खसीबोका तयार हुने क्रम बढेको स्थानीय कृषकहरु बताउछन् । उत्पादन बढे संगै बजारीकरणको समस्या नहोस् भनेर गढवा गाउँपालिका, भिटा परियोजनाका द्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खसीबोका किनबेच गर्ने व्यापारीहरु संग सहकार्य गरी सामुहिक बजारीकरण कार्यक्रम निरन्तर गरिरहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफुले आफ्नै घर आंगनबाट आफ्नै आँखा अगाडि तौलिएर खसीबोका बिक्री गर्ना पाउदा बाख्रा पालक कृषकहरु हर्षित भएका छन्। गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजना मार्फत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले गढवा गाउँपालिकाको सबै वडामा सामुहिक खसीबोका बजारी गर्ने लक्ष्य राखेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष शाेभा रावतले जानकारी दिनुभयो। यस पटक खसिबाेका मदाने चिस्यान केन्द्र, रुपन्देहिलाई बिक्री गरिएकाे छ।

खसिबाेका सामुहिक बजारीकरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी, गढवा सा.उ.म.स. संस्था कि अध्यक्ष शाेभा रावत , भिटा परियाेजनाका संयाेजक वसन्त कुमार शर्मा , परियाेजनामा कार्यरत कर्मचारी , कृषकहरु तथा खरिदकर्ता बिबेक अर्याल काे उपस्थिति रहेकाे थियाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad