लमहीकी वलीको प्रेरणादायक उद्यम यात्रा

Blog Post Ad Blog Post Ad Blog Post Ad

चुमा आचार्य

लमही, ५ असोज । सफल महिला उद्यमी वालिका वलीको प्रेरणादायक यात्रा । जुन एक कठिन संघर्षबाट सुरु भएको थियो । उनी धेरै महिलाहरूका लागि प्रेरणा दिने उदाहरण बनेकी छन । दाङकी वालिकाले आफ्नो जीवनको कठिन परिस्थितिहरूलाई पार गर्दै “टाइगर गार्मेन्ट उद्योग“ स्थापना गरेकी छिन् । उनले ५ लाख रूपैयाँबाट सुरु गरेको साना सिलाई व्यवसायलाई आज करोडौंको कारोबारमा पु¥याएकी छिन् । उनले ४ दर्जन महिला सहित आधा दर्जन पुरुषलाई रोजगारी दिएकी छिन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ लमही नगरपालिका–३ बनगाउँकी ४२ वर्षीया वालिका वलि सफल महिला उद्यमी हुन् । जसले आफ्नो कठिन जीवनलाई संघर्षको माध्यम बनाएर उद्यमशीलता प्राप्त गरेकी छन् । श्रीमान्वाट अनेक यातना पाएकी वलिले २०७४ सालदेखि ‘टाइघर गार्मेन्ट उद्योग’ सञ्चालन गर्दै आएकी छन् । जहाँ कच्चा कपडा ल्याएर रेडिमेड कपडा बनाइन्छ ।

२०३८ असोजमा जन्मिएकी उनको २०५४ सालमा १६ बर्षको उमेरमा दाङकै कार्भेको दाङ बाङमा भन्ने स्थानमा एक जिसी परीवारमा मागी बिबाह भयो । त्यसपछि उनका सबै सपनाहरूमा पूर्ण बिराम लाग्यो । काहाली लाग्दा दिनको सुरु भयो । श्रीमानबाट पाएको मानसिक र शारीरिक यातना सहेर पनि उनले आफ्नो परिवारको इज्जतको लागि सहन गरिन् । जब श्रीमानले अर्को विवाह गरे, वलिले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् । र, आफ्नै खुट्टामा उभिने संकल्प गरिन् । माइतीको सहयोगमा सिलाई–कटाई व्यवसाय सुरु गरिन । उनले आफ्नो दुई सन्तानको भविष्य सुरक्षित गर्दै व्यवसायलाई विस्तार गरिन् । नेपालमा महिलाहरूको उद्यमशील यात्रा अझै पनि चुनौतीपूर्ण छ । यद्यपि केही क्षेत्रमा सुधार देखिएको छ । सामाजिक, सांस्कृतिक, आर्थिक र कानुनी अवरोधहरूको कारण महिलाहरूलाई उद्यमशील बन्ने मार्गमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ । यी अवरोधहरूमा परिवारको समर्थनको कमी, पूँजी जुटाउन कठिनाइ, वित्तीय साक्षरता अभाव, र लिङ्गीय विभेद जस्ता समस्याहरूले गर्दा महिला उद्यमी कम देखिन्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यद्यपि वलिको यात्रा सजिलो थिएन । उनले राज्यले प्रदान गर्ने सहुलियत कर्जाका अवसरहरू र तालिमहरूबारे पर्याप्त जानकारी पाउन सकेकी थिनन् । स्थानीय सरकार र प्रदेश सरकारले महिला उद्यमीहरूलाई प्रोत्साहित गर्न विभिन्न सहुलियतपूर्ण कर्जा र तालिम कार्यक्रमहरू सञ्चालन गरेको छ । तर उनी यस्ता अवसर पाउन नसकेको बताउँछिन् ।

वलिको संघर्ष र सफलताको कथा नेपालको उद्यमशील महिलाहरूका लागि प्रेरणादायक छ । स्थानीय पालिकाहरू, स्थानीय स्तरमा विभिन्न उद्यमशिलता विकास कोष वा कार्यक्रमहरू मार्फत साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहन दिने उद्देश्यले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराइन्छ । कर्जा १ लाखदेखि ५ लाख रूपैयाँसम्म उपलब्ध गराउने लमही नगरपालिका उपमेयर लक्ष्मी योगी बताउछिन् । यद्यपी लमही नगरपालिकाले सबै भन्दा प्राथमिक महिला उद्यमीका लागि दिए पनि हालसम्म कसैले पनि चासो नराखेको बताइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी प्रदेश सरकारले पनि प्रदेशस्तरमा पनि विभिन्न उद्यम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जसमा युवा र महिला उद्यमीलाई प्राथमिकता दिने कर्जाका योजनाहरू पनि छन् । यो कर्जा रकम परियोजनाको प्रकार हेरेर सामान्यतया ५ लाखदेखि ५० लाख रूपैयाँसम्म हुने गरेको बताइन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad