९७औँ अस्कर अवार्डमा नेपालबाट ‘साम्बाला’ छनोट

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ असोज । ९७औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालका तर्फबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको छ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘साम्बाला’ छनोट भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले विज्ञप्ति जारी गर्दै ‘साम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अनुसार यसवर्ष अस्कर प्रतिस्पर्धाका लागि ‘साम्बाला’ले मात्रै आवेदन दिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक बुनोटलाई ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ ।”

मिनबहादुर भामले निर्देशन गरेको चलचित्र अहिले हलमा प्रदर्शनरत छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad