रोल्पाको माडी खोलामा एक वृद्धको शव फेला

रोल्पा, १ असोज । रोल्पाको माडी खोलामा एक वृद्धको शव फेला परेको छ । रोल्पा माडी गाउँपालिका-६ सारिगा बस्ने ७६ वर्षीय विरसिंह घर्तिमगरको शव हिजो बेलुका करिब साढे ५ बजेको समयमा फेला परेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले शव खोलाको किनारामा ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको जनाएको छ । मृतकको शव हाल जिल्ला अस्पताल रोल्पामा राखिएको छ । आज मंगलबार मात्रै परिवारले शवको पहिचान गरेको प्रहरीले जानकारी दिएको छ । शवको परीक्षण कार्य जारी रहेको छ ।

टनास्थलमा प्रहरी चौकी माडिचौरबाट सहायक निरीक्षक केशर बहादुर घर्तिमगरको कमाण्डमा २ जना र जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा १० जनाको टोली खटाइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad