रोल्पा : बेखबर गाउँको सिंह दरबार, महिलाहरूले बोकेरै अस्पताल पुर्याए सुत्केरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, ३१ भदौ । रुन्टीगढी गाउँपालिका वडा नं १ लापल गाउँकि बर्ष २४ कि सन्ध्या घर्तीको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सफल डेलिभरी भयो। नवजात शिशु र सुत्केरी दुबैको अवस्था सामान्य भएपछि सनिबार अस्पतालले डिस्चार्ज गरेर घर पठायो।

घर फर्किएको भोलि पल्ट भदौ ३० गते आइतबार नवजात शिशुको स्वास्थ्यमा समस्या देखियो। दुध नचुस्ने लगायत समस्या आएपछि शिशु र आमा दुबैलाई आकस्मिक अस्पताल पुर्याउनु पर्ने अवस्था आयो।अस्पताल पुर्याउन मोटरबाटो बिग्रिएकाले बोकेर उपचार गर्न लाग्नु पर्ने भयो।बढ्दो बेरोजगारीका कारण युवा जनशक्ति गाउँमा थिएनन्।त्यसैले गाउँमा भएका महिलाहरुले नै सुत्केरी र नवजात शिशुलाई डेढ घण्टा सम्म स्टेचरमा बोकेर उँघासम्म पुर्याएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

`गत असार देखि मोटबाटो अवरुद्ध छ। बेजोरगारीका कारण गाउँका पुरुषहरु सबै इट्टाभट्टा,लिसा,भारत र विदेश गएका छन्´ स्थानीय लालसरी जिएमले भनिन् :`शिशुको जीवन रक्षार्थ हामी महिलाले बोकेर उँघासम्म पुर्यायौँ। उँघाबाट दाङ पठाइएको छ। हामि लापलवासीलाई चौतर्फी  समस्याले घेरेको छ। स्थानिय सरकार बेखबर छ।`

गाउँ- गाउँमा सिंह दरबार भन्ने नारा सहित स्थापित स्थानीय सरकार रुन्टीगढी जनताका दु:ख र पिडामा लाचार बनिरहेको छ। आफ्नै जेसीबी डोजर समेत रहेको स्थानीय सरकार रुन्टीगढीले गत असार देखि अवरुद्ध रहेको लापल देखि उँघा र लापल देखि वडा कार्यालय लिवाङी आप जाने सडक खुलाउन प्रयास नगरेर आफ्नो जिम्मेवारीबाट पन्छी रहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँको सिंह दरबार स्थानिय सरकार रुन्टीगढी कर्तव्य र जिम्मेवारीबाट लाचार र निरीह बन्दा रुन्टीगढीका जनताहरु अनेकौं दु:ख,पीडा,अभाव,बेरोजगारी,यातना लगायतका समस्याका शिकार बनिरहेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad