दाङ-राेल्पा सडकखण्डमा विद्युतीय गाडी सञ्चालन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । दाङ-रोल्पा सडक खण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । रोल्पा जलजला यातायात प्रालीले पहिलोपटक दाङको घोराहीबाट रोल्पाको लिबाङमा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा दैनिक तीनवटा विद्युतीय गाडी सञ्चालन गरिने प्रालीका प्रशासनिक इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय विद्युतीय सवारीतर्फ आकर्षण बढेकाले प्रणालीले पनि सञ्चालन गर्न थालेको हो ।

आगामी दिनमा प्रणालीले अन्य सडक खण्डमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने योजना बनाएको छ ।
“हाम्रो जस्तो जलविद्युतमा सम्पन्न मुलुकले अब यातायात क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्छ’ आचार्यले भन्नुभयो, ‘आगामी दिनमा क्रमश नेपालमा विद्युतीय गाडीको विस्तार हुनेछ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रालीले घाेराहीबाट लिवाङका लागि बिहान साढे ६ बजे, साढे १० बजे र दिउसाे साढे दुई बजे विद्युतीय गाडी सञ्चालनमा ल्याएकाे छ । लिवाङबाट साेहि समयमा दैनिक तीन ओटा गाडी दाङका लागि छुट्ने छन् ।

अन्य प्रालिहरूले पनि क्रमशः विद्युतीय गाडी सञ्चालनमा ल्याइरहेकाे आचार्यले जानकारी दिनुभयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad