अप्टिमिष्ट क्लब तुलसीपुर देशकै उत्कृष्ट


दाङ्ग, ३० भदाै । अप्टिमिष्ट क्लब अफ तुलसीपुर देशकै क्लबहरू मध्ये उत्कृष्ट क्लब भएकाे छ । बर्ष २०२३-०२४ मा देशभरकै क्लबहरू मध्ये धेरै र उपलब्धीमुलक कार्यक्रम गरेकाले सम्मान गरिएकाे हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल डिष्ट्रिक्ट अफ अप्टिमिष्ट ईन्टरनेश्नलकाे तेस्राे डिष्ट्रक्ट कन्भिन्सनका अवसरमा चितवन भएकाे कार्यक्रममा सम्मान गरिएकाे हाे । क्लबका अध्यक्ष कमल सापकाेटसहितकाे टाेलीले उक्त सम्मान ग्रहण गरेकाे हाे ।ठ

दुईजना डाईरेक्टरमा निर्वाचित
नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिस्ट इन्टरनेसनलको डाइरेक्टरमा दुई जनालाई निर्वाचित गरिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार चितवनमा सम्पन्न तेस्रो डिस्ट्रिक्ट कन्भेन्सनका अवसरमा अप्टिमिस्ट क्लब तुलसीपुरका अध्यक्ष कमल सापकोटा र राप्तीका अध्यक्ष नेत्रलाल भट्टराईलाई डाइरेक्टरमा निर्वाचित गरिएको हो।

यस्तै क्लबको डेपुटी गवर्नरमा दाङका निशान्त आचार्यलाई निर्वाचित गरिएको छ। त्यस्तै लेफ्टिनेन्ट गवर्नरमा मानबहादुर बस्नेत लाई निरन्तरता दिइएको छ। लेफ्टिनेन्ट गभर्नरको कार्यकाल दुई वर्ष रहन्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रताप बाबु थापाको नेतृत्वमा अप्टिमिस्टको नयाँ नेतृत्व चयन गरिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad