घट्याे पेट्रोलियम पदार्थको मूल्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैँया घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५८ र तेस्रो वर्गका लागि रु एक सय ५९ कायम भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यस्तै खाना पकाउने एल.पि ग्यासको मुल्य अहिलेलाई पुरानै बिक्री मुल्य यथावत्  राखिएकाे निगमले जनाएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad