प्रगतिशिल प्राध्यापक संगठन जनता विद्यापीठ बिजौरीमा नयाँ नेतृत्व

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० भदौ । नेपाल प्रगतिशील प्राध्यापक संगठन जनता विद्यापीठ बिजौरी एकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार विद्यापीठमा सम्पन्न साधारणसभा एवं अधिवेशनले तीन बर्षका लागि सर्वसम्मतरुपमा शिवप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा महेन्द्र भण्डारी, सचिव नारायणप्रसाद भण्डारी, कोषाध्यक्ष भवानीप्रसाद मिश्र तथा सदस्यहरूमा प्रद्युम्न पोख्रेल, दुर्गालाल के.सी. र वसन्ता शर्मा चयन भएका छन् । एकाइ अध्यक्ष उपप्राध्यापक सुधीरकुमार शर्माको अध्यक्षता एवम् नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले संगठन जहिले पनि व्यक्तिगत स्वार्थमा नलागेर संस्थागत हकहितका पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले विश्वजगत् संस्कृत वाङ्मयतर्फ आकर्षित भइरहेको परिप्रेक्ष्यमा संस्कृतभित्रको ज्ञानराशीलाई सबैमाझ पु¥याउन आबश्यक रहेको बताए । एकाइ अध्यक्ष शर्माले संगठनले विभिन्न परिस्थितिहरूको सामना गर्नुपरे पनि सबैको साथ, सहयोग र परामर्शमा आफ्नो कार्यकाल पूर्णरूपमा सफल रहेको बताए ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका पूर्व केन्द्रीय सदस्य उत्तमराज घिमिरे, नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय सदस्य दुर्गाबहादुर के.सी. र नेपाल प्रगतिशील कर्मचारी संगठनका नेसंवि केन्द्रीय अध्यक्ष गणेशबहादुर वलीले आआफ्नो विचार व्यक्त गरेका थिए । एकाइ उपाध्यक्ष डा. विनोदकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिवप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा एकाइ सचिव शिवप्रसाद न्यौपानेले सांगठनिक र कोषाध्यक्ष महेन्द्र भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा हालै नेसंवि सेवा आयोगबाट सिफारिश भई जनता विद्यापीठमा पदस्थापन भएका उपप्राध्यापक कृष्णप्रसाद भण्डारी, उपप्राध्यापक नारायणप्रसाद भण्डारी र उपप्राध्यापक वसन्ता शर्मालाई टीका र माला लगाई स्वागत सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad