नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला खुल्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला खुलेको छ । प्राध्यापकहरुले पेशागत माग राखी असार ३१ देखि बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

विश्वविद्यालयले गठन गरेको वार्ता समितिसँग तीन दिन गम्भीर छलफलपछि माग सम्बोधन गर्न अध्ययन समिति गठन गर्ने सहमति भएको छ । समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आंशिक प्राध्यापकलाई करार प्रक्रिया अघि बढाउने सहमतिपछि ताला खोलेको नेपाल संस्कृत विश्वविद्यालय आंशिक प्राध्यापक संघर्ष समितिले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समिति अध्यक्ष नवराज ढुंगाना र सचिव शेरबहादुर भाटले विज्ञप्ति जारी गरी ताला खोलेको जानकारी गरउनुभएको हो । विभिन्न विद्यार्थी संगठनले तीन महिनादेखि लगाएको ताला भने खुल्न बाँकी छ ।

विद्यार्थी संगठनहरुसँग वार्ता भैरहेको र अब एक साताभित्र सबै ताला खोल्ने गरी तयारी भइरहेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन महिनासम्म ताला नखुलेपछि उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले बुधबार लिखितरुपमा सार्वजनिक आह्वान जारी गर्दै ताला खोल्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad