घोराहीमा सरफ बनाउने एक दिने तालिम सम्पन्न

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । दाङको घोराहीस्थित शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सरफ बनाउने एक दिने तालिम सम्पन्न भएको छ ।

संस्थाका सदस्यहरूलाई लुगा धुने सरफ निर्माण गर्ने एक दिने तालिम आज दाङको घोराहीमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो । संस्थाको सदस्यहरूको सिप विकासमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तालिममा २२ जना सहभागी रहेका थिए । तालिमका क्रममा सहभागीहरूले लुगा धुने सरफ समेत निर्माण गरेका थिए । कार्यक्रममा संस्थाकी उपाध्यक्ष तथा तालिम संयोजक विष्णु थापाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागीका तर्फबाट हरिमाया रोका, शेरबहादुर खड्का र रूपती चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाको अध्यक्ष आदिम केसीको अध्यक्षता तथा सल्लाहकार कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष विष्णु थापाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad