बाल दिवसको अवसरमा गुरुकुलले ग¥यो म्याराथुन दौड

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । गुरुकुल एकेडेमीले ६० औ बाल दिवसको अवसरमा म्याराथुन दौड सहित बालबालीकाहरुको लागि बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर मनाएको छ । प्ले गु्रप देखि कक्षा १२ सम्मका विद्यार्थिहरुलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालीका वडा नं १५ का अध्यक्ष रमेश कुमार पान्डेले स्वास्थ्यका लागि खेलकुदको आबश्यकता एकदमै महत्वपुर्ण रहेको भन्दै घोराही आर्मी ब्यारेकबाट सुरु गरीएको म्याराथुन दौडको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पान्डेले खेल क्षेत्रलाई गुरुकुल एकेडेमीले प्राथमिकताका साथ अगाडि बढाईरहेको भन्दै आबश्यकताका आधारमा स्थानिय तहले गर्नुपर्ने सहयोग सदैव रहने पनि बताउनुभयो । उक्त म्याराथुन दौडमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थिहरुले भाग लिएका थिए । जसमा छात्र तर्फ किस्मत महतराले प्रथम स्थान हासिल गर्नुभएको थियो भने विशाल गिरी दोस्रो हुनुभएको थियो । यस्तै छात्रा तर्फ गरीमा चौधरी प्रथम ,एशु बुढाथोकि दोस्रो र पुष्पा पुनले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै गुरुकुल एकेडेमी तुलसिपुरले आयोजना गरेको म्याराथुन दौडमा छात्र तर्फ नसिप खड्का प्रथम , करण विष्ट दोस्रो र विकास वलीले तेस्रो स्थान हासिल गर्नुभएको थियो भने छात्र तर्फ सुस्मिता केसि प्रथम क्रिष्टिना वली दोस्रो र अनुस्का केसि तृतिय स्थान हालि गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा एत्लेटिक खेलकि प्रशिक्षक पद्यमा चौधरी रहनुभएको थियो ।

यसैगरी गुरुकुल एकेडेमी समहीको आयोजनामा भएको कार्यक्रममा छात्र तर्फ जोतिरध्या चौधरी प्रथम , आदित्य चौधरी दोस्रो , आलोक पुन मगरले तेस्रो स्थान हासिल गर्नुभएको छ । यस्तै छात्रा तर्फ प्रशंसा चौधरी प्रथम , चेतना पन्थि दोस्रो र पुजा चौधरीले तेस्रो स्थान हासिल गर्नुभएको छ भने कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लव अफ लमहीका अध्यक्ष मधु न्यौपाने रहनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad