सल्यानको कपुरकोटमा तरकारीको ग्रेडिङ गरिदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, २६ भदौ । सल्यानको कपुरकोटमा तरकारीको ग्रेडिङ गरिने भएको छ । तरकारीको गुणस्तर निर्धारण गर्न तरकारीको ग्रेडिङ गर्न लागिएको हो ।

कपुरकोट तरकारी उत्पादनका हिसावले प्रख्यात ठाउँ हो । कपुरकोटको तरकारी देशका विभिन्न ठाउँका भान्सामा पुग्ने गरेको छ । तरकारीको गुणस्तरका लागि तरकारीको अनिवार्य ग्रेडिङ गरिन लागिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ग्रेडिङ भन्नाले विभिन्न मापदण्डहरूका आधारमा तरकारीको गुणस्तर निर्धारण गर्ने प्रक्रिया हो । यस प्रक्रियामा तरकारीलाई तौल, आकार, रंग, ताजगी, भित्रको गुणस्तर र बजारको मागअनुसार विभिन्न श्रेणीमा वर्गीकृत गरिन्छ ।

ग्रेडिङले किसानहरूलाई उचित मूल्यमा तरकारी बेच्न मद्दत पुर्‍याउँछ भने उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादन खरिद गर्न सजिलो बनाउने उहाँले बताउनुभयो । कार्यपालिकाले निणर्य गरिसकेको र अब कार्यान्वयनमा आउने प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad