तुलसीपुरमा सफ्टवेयर खरिद नहुँदै ७ लाखभन्दा बढी भुक्तानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ भदाै । तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर खरिद नै नगरी भुक्तानी गरेकाे रहस्य बाहिरिएको  छ । पालिकाकाे २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि छुट्याइएकाे ४१ लाख रकममध्ये दुईवटा शीर्षकमा खरिद गरिएका सफट्वेयर हालसम्म सम्बन्धित शाखामा जडान भएका छैनन् तर भुक्तानी भने असारमै गरेकाे पाइएकाे छ ।

कार्यपालिकामा झुक्याएर निर्णय गराइएकाे प्रविधि र सफ्टवेयर खरिदमध्ये याेजना व्यवस्थापन तथा सूचना प्रणाली र न्यायीक समिति सफ्टवेयर इनिष्टल नहुँदै भुक्तानी गरिएकाे हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

याेजना तथा बजेट शाखाका लागि  सफ्टवेयर खरिद भ्याटसहित ४ लाख ९५ हजार ५ सय ५ रूपैयाँ  र कानुनी शाखाकाे लागि न्यायीक समिति सफ्टवेयर २ लाख ९७ हजार १ सय ९० रूपैयाँमा खरिद भएकाे रेडियाे हाम्राे पहुँचलाई उपलब्ध गराएकाे सूचनामा उल्लेख छ ।

यसरी दुई शीर्षकमा टुक्रा पारेर काेटेशनमार्फत  कुल ७ लाख ९२ हजार ६ सय ९५ रूपैयाँ पालिकाले असारमै भुक्तानी गरिसकेकाे छ। खरिद भएका सफ्टवेयरबारे सम्बन्धित शाखाका कर्मचारी नै अनविज्ञ छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कानुनी मामिला शाखा प्रमुख लक्ष्मी रानाले सफ्टवेयर जडानबारे पूर्णरूपमा जानकार नभएकाे बताउनुभयाे । याे शाखाले न्यायीक समितका कार्यहरूलाई सहजीकरण गर्दै आाएकाे छ । न्यायीक समितिका कामलाई सहज बनाउनका लागि पालिकाले चालू आवदेखि कार्यान्वयनमा ल्याउने गरी खरिद गरेकाे बताए पनि हालसम्म अनलाइनमा एक/दुई पटक डेमाे मात्रै सिकेकाे शाखा प्रमुख रानाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे- ‘हामिले तत्काल सफ्टवेयर सञ्चालन गर्दिन हिजाे पनि खबर गरेका छाैं । कम्प्युटरमा तपाइँले भनेजस्ताे इन्स्टिल भएकाे चाहिँ छैन, हामीलाई चाहीने कुराहरू राख्न भनेका छाैं । अब केही दिनमा हाेला ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै तुलसीपुर उपमहानगरपालिका  याेजना तथा बजेट शाखा प्रमुख टेकबहादुर खड्काले पनि अहिले डेमाे सिकिरहेकाे बताउनुभयाे । दुई दिन अनलाइनमार्फत मसहित दुईजना कर्मचारीले सिकेका छाैं ।

उहाँले भन्नुभयाे- ‘असार मसान्तकाे अन्त्यतिर सफ्टवेयर कम्पनीबाट प्रक्रिया सिकाउनका लागि समय माग गरेका थिए तर मसान्तमा कामकाे चाप बढी भएकाले भ्याइएन मैले साउनकाे पहिलाे सातामै तपाईहरू भाैतिक रूपमा उपस्थित भएर सिकाउनुपर्छ भनेकाे हुँ तर प्राबिधिकहरू आएनन् ।’ हाल फाेन सम्पर्क भइरहेको र यही हप्ता प्राविधिकहरू आएर सफ्टवेयरबारे सिकाउने कुरा भएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय तलसीपुर उपमहानगरपालिका एकपछि अर्काे समस्याको जालोमा फस्दै गएकाे छ भने नेतृत्व तहमा निरिहपना देखिएको छ ।

फलस्वरूप महिनौंदेखि कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । कार्यपालिका बैठक भएका निर्णय वडाध्यक्ष र कार्यपालिका सदस्यलेसमेत थाहा नपाउनु,आर्थिक वर्षकाे अन्त्यमा एउटै शीर्षकमा खरिद गर्न सकिने सामाग्री खरिदमा बजेट टुक्र्याएर काेटेशन आह्वान गरिनु, खरिद गरिएको सफ्टवेयर उपलब्ध नहुँदै भुक्तानी गर्नुलगायतका गतिविधिले तुलसीपुरको सुशासनलाई मजाक बनाएको छ भने भ्रष्टाचारकाे गन्धसमेत आउन थालेको नागरिकहरू बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रेडियो हाम्रो पहुँचबाट