लुम्बिनीका मुख्यमन्त्री आचार्य उद्घाटनमा नआएपछि फाेडियाे शिलालेख

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा बोटिङ पुलकाे उद्घाटन गर्न नआएपछि तयार भएकाे शिलालेख फाेडेर फालिएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा रहेकाे पार्क परिसरमा मंगलबार बिहान ८ बजे नवनिर्मित बोटिङ पुलसँगै हात्ती, गैँडा र जिराफका स्ट्याचु पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पार्क व्यवस्थापन समितिका सचिव सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमकाे उद्घाटनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने कार्यक्रम थियो तर सोमबार बेलुका मात्रै  मुख्यमन्त्री चेतनारायण आचार्य आउन नसक्ने जानकारी पार्क व्यवस्थापन समितिले पाएपछि अचानक उद्घाटन कार्यक्रम स्थगित भएकाे छ ।

मुख्यमन्त्री उद्घाटनका लागि आउने पक्का भएपछि तुलसीपुरसहित जिल्लाका विभिन्न क्षेत्रमा अतिथिलाई पत्राचार गरेर आमान्त्रण गरिएकाे थियाे तर अन्तिम चरणमा मुख्यमन्त्री  आउन नसक्ने  खबर पाएपछि उद्घाटन कार्यक्रम स्थगित भएकाे समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भण्डारीका अनुसार पछिल्लोपटक साेमबार सम्पर्क हुँदा मुख्यमन्त्री आचार्यले आफू आउन नसक्ने बताउनुभएको थियो । उक्त स्थान लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको निर्वाचन क्षेत्र भएको र यी संरचना उहाँकै पालामा प्रदेश सरकारमार्फत विनियोजित बजेटबाट निर्माण भएका हुन् । साथै हाल आफूहरू सत्तासाझेदार दल भएको हुँदा चौधरीको आग्रहलाई स्वीकार्दै अहिलेलाई आउन नसकिएको मुख्यमन्त्री आचार्यले बताउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री नआएपछि उद्घाटनका लागि तयार गरिएको शिलालेख फाेडेर फालिएकाे अध्यक्ष भण्डारीले बताउनुभयाे । अब मन्त्रीलाई कुरेर नबस्ने भन्दै स्थानीय अगुवाकाे उपस्थितिमा उद्घाटन गर्ने विषयमा छलफल भइरहेको बताउँदै काम गर्दा प्रक्रियागत रूपमा केही त्रुटी हुनसक्छन् तर  निवर्तमान मुख्यमन्त्री चाैधरीकाे आदेशमा मुख्यमन्त्री आचार्य नआएकाे भन्ने बुझेका छाैं यसले राम्राे सन्देश नजाने अध्यक्ष भण्डारीले जिकिर गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्यानमा तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पालामा प्रदेश सरकारको ४४ लाख र उद्यानको आन्तरिक व्यवस्थापनबाट १८ लाख खर्च गरेर बोटिङ पुल तथा विभिन्न जनावरका स्ट्याचुहरु तयार गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको लगानीमा दुईवटा डुंगा उपलब्ध गराइएको छ । मुख्यमन्त्री आचार्य नेपाल घोराहीमा पत्रकार महासङ्घ दाङको कार्यक्रममा उपस्थित भएपनि तुलसीपुरस्थित राप्ती शान्ति उद्धानको कार्यक्रममा भने सहभागी हुनुभएन।

Blog Post Ad Blog Post Ad Blog Post Ad