घोराहीमै एमबिबिएस पढाइ हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ भदौ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार एमबिबिएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानले करिब सात वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । प्रतिष्ठानले पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको छ ।

५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबिबिएस पढ्न पाउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभएको छ । रजिस्ट्रार लम्सालका अनुसार एमबिबिएसका लागि ५० सिट सुनिश्चित भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिष्ठानको विकासमा एमबिबिएस पढाइ महत्वपूर्ण कोसेढुङ्गा साबित हुने भन्दै रजिस्ट्रार प्राध्यापक लम्सालले भन्नुभयो, “लामो समयदेखि प्रयासरत रहे पनि अनुमति पाएका थिएनौँ । अहिले अनुमति प्राप्तसँगै यसले विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।” एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा महत्वपूर्ण भएको भन्दै उहाँले प्रतिष्ठानसँगै सिङ्गो जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad