लुम्बिनीका बनमन्त्री कुर्मीलाई बाँके प्रवेश निषेध

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने भएकाे छ ।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले मन्त्री कुर्मिलाई गृहजिल्ला प्रवेशमा राेक लगाउने बताएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री साहलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई भदौ २५ देखि असोज १ गतेसम्म १ लाख जनताको हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाउने भएको छ । मन्त्री कुर्मीका सबै खाले सामाजिक कार्यक्रमहरु समेत बहिष्कार गर्ने बताईएकाे छ ।

त्यसैगरी डिबी भनिने सांसद धन बहादुर केसीलाई पुर्व रुकुममा प्रवेश रोक लगाउने नेकपा (बहुमत) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै केसीलाई उन्मुक्ति दिने न्यायाधीश लोकबहादुर हमालको घरमा कालो ब्यानर टासिने बताइएको छ । भाद्र ३१ गते न्यायाधीश हमालको पुत्ला दहन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad