‘रावायण’ को टीम आज नेपालगन्ज र भोलि दाङको घोराहीमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ भदौ । हरितालिका तीजको दिन अर्थात गत भदौ २१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रावायण’ को टीम मंगलवारदेखि देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टीमले नेपालगञ्जबाट यो यात्राको थालनी गरेको छ ।

फिल्मका प्रमुख कलाकारहरु पल शाह, पूजा शर्मा, प्रकाश शाहलगायतको टीमले आज नेपालगञ्जका दर्शकको प्रतिक्रिया लिनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्माण पक्षका अनुसार फिल्मको टीमले मंगलवार नेपालगञ्जमा रहेका दुई सिनेमा हलमा दर्शकसंगै बसेर फिल्म हेर्दै उनीहरुसंग अन्तरक्रिया गर्नेछ । फिल्मको टिमले नेपालगञ्जपछि भोलि बुधवार दाङ तथा पर्सि बिहीवार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ।

केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रारम्भमा ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad