मुलकोटमा पहिरोले सडक अवरुद्ध, विद्युत पोल ढल्दा बस्ती अन्धकारमा

दाङ,२१ भदाै । दाङ सल्यान सडक खण्ड अन्तर्गत हर्नेटी हुँदै मुलकोट जाने सडकमा पहिरो जाँदा आवतजावतमा समस्या भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हर्नेटी हुँदै तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट पुग्ने सडकमा गएरातिको भारी वर्षाले आएको पहिरोले अहिले आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनका अनुसार, पहिरोले विद्युतको पोल ढलेपछि मुलकोटबासी गएरातिदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज भएकाले चहलपहल बढि हुने भए तापनि बाटाेमा पहिराेकाे लेदो थुप्रिएपछि पैदलयात्रीहरूलाई समेत सास्ती भएको छ। अध्यक्ष पुनका अनुसार, टोल विकास संस्थाका सदस्य कमला ओलीको घर पनि पहिरोको जोखिममा परेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad