दशैको अवसरमा ‘प्रथम सल्यान टेक गोल्ड कप–२०८१’ हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ भदौ । सल्यानमा ‘प्रथम सल्यान टेक गोल्ड कप–२०८१’ हुने भएको छ । विजया दशमीको अवसर पारेर सल्यान टेक प्रालिको आयोजनामा प्रथम सल्यान टेक गोल्ड कप हुने भएको हो ।

खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आगामी असोज १८ गतेदेखि खेल सुरु गर्ने जानकारी गराइएको छ । प्रतियोगीत असोज २२ गतेसम्म संचालन हुने खेलका संयोजक बासुदेव चलाउनेले जानकारी दिनुभयो । प्रतियोगीतमा स्थानीसहित जिल्लाभन्दा बाहिरका खेलाडीहरु पनि सहभागी हुन पाइने भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान खलङ्गाको लुहापिंगको मैदानमा सुरु हुने प्रतियोगितामा सहभागी भएर प्रथम हुने समुहलाई नगद ६६ हजार ५ सय ६६ र द्वितीय हुने समुहलाई ३१ हजार १ सय ११ को पुरस्कार राशि राखिएको आयोजकले जानकारी दिएको छ । टिम दर्ताको समय असोज १६ गते बेलुका ५ बजेसम्म कायम गरिएको छ भने दर्ता शुल्क पाँच हजार राखिएको संयोजक चलाउनेले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad