मोबाइल बालबालिकाका लागि घातक बन्दै : मनोवैज्ञानिक र अध्ययनहरूले चिताएका जोखिमहरू

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिकाको नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिक्सको रिपोर्ट अनुसार, धेरै राज्यमा विद्यालयमा बालबालिकालाई मोबाइल चलाउन पूर्ण रूपमा बन्देज गरिएको छ। गैर-शैक्षिक कार्यका लागि बालबालिकालाई मोबाइल फोन नदिन कानुन बनाउन आवश्यकताका लागि बहससमेत भइरहेको छ।

अभिभावकहरू यस विषयमा असन्तुष्ट हुन सक्छन्, किनकि उनीहरू चाहेको समयमा बालकको सम्पर्कमा आउन चाहन्छन्, चाहे त्यो विद्यालय होस् या घर। साथै, आफू व्यस्त हुँदा बालबालिका स्मार्टफोनमा रमाउँदा अभिभावकले हलुको भएको महसुस गर्छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कमन सेन्स मिडिया स्टडीको रिपोर्ट अनुसार, ११ देखि १७ वर्षका बालकहरूमध्ये ९७ प्रतिशतले विद्यालयमै ४३ मिनेटभन्दा बढी समय मोबाइल चलाउँछन्। यसका कारण साथीभाइबीचको संवादमा कमी आउन थालेको छ।

साइकोलोजिस्ट जोनाथन हेइडटले यो स्थिति गम्भीर संकटको चेतावनी दिएका छन् र अबको पुस्तालाई ‘एन्जाइटी पुस्ता’ को रूपमा नामकरण गरेका छन्। धेरैले बालबालिकालाई मोबाइलले स्मार्ट बनाउन सक्छ भन्ने तर्क गरेका छन्, तर मनोचिकित्सकका अनुसार यो सोच गलत हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिकामा मोबाइलको असर

प्यु रिसर्च सेन्टरको अध्ययन अनुसार, मोबाइलले कक्षा कोठाको वातावरण ७२ प्रतिशतसम्म बिगारिरहेको छ। विद्यार्थीहरू मोबाइलमा अल्झिंदा पढाइमा एकाग्रता गुमाउँछन्। प्रि-मोबाइल युगको तुलनामा विद्यार्थीहरूको सिकाइ क्षमता घटेको अध्ययनले देखाएको छ। विज्ञान, गणित, र भाषामा समेत यो समस्या देखा परेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्मार्टफोनका डिजाइनहरू मानिसलाई लतमा फसाउने गरी बनाइएका छन्। स्मार्टफोनमा धेरै खेल, नोटिफिकेसन र अन्य आकर्षक कुराहरू हुन्छन् जसले मानिसहरूलाई अनावश्यक रूपमा फसाउँछ।

कमन सेन्स मिडियाको अध्ययन अनुसार, एक टिनएजरले मोबाइलमा दैनिक २३७ सम्म नोटिफिकेसन देख्न सक्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अध्ययनको निष्कर्ष

फोनलाई बालबालिकाबाट लुकाएर राख्नु पनि घातक हुनसक्छ। बालकको ध्यान फोनको खोजीमा नै गइरहेको हुन्छ, जसले अन्य विषयमा चासो घटाउँछ। क्राइम फिल्म हेरेर बालबालिका आपराधिक काम गर्न पनि सुरक्षित महसुस गर्न सक्छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्मार्टफोनले लैङ्गिक हिंसाको जोखिम बढाएको छ। ५९ प्रतिशतले स्मार्टफोनको कारण आफूलाई असहज भएको स्वीकार गरेका छन्, र टिनएजरमध्ये ५ मध्ये १ ले स्मार्टफोनलाई गलत रूपमा प्रयोग गरेको बताएका छन्।

बालबालिकालाई मोबाइल दिइसकेपछि अभिभावकको निगरानी अत्यन्त जरुरी छ। मोबाइलमा झुम्मिने बालबालिकामा आत्मविश्वास हराउँदै जाने र डिप्रेसनको जोखिम बढ्ने खतरा हुन्छ। स्मार्टफोनको लतमा फसेपछि बालबालिकाको स्वभावमा परिवर्तन आउँछ, उनीहरूको भावनात्मक संवेगमा अनियमितता देखिन्छ, जसले अनिन्द्राको समस्या निम्त्याउन सक्छ।

स्मार्टफोनको अनियन्त्रित प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अध्ययनहरूले देखाएका छन्। मस्तिष्कमा केमिकल असन्तुलन बढ्न सक्छ, जसले डिप्रेसन र एन्जाइटीको जोखिमलाई बढाउँछ। यसका कारण अबको पुस्तालाई मोबाइलकै कारण डिप्रेसन र एन्जाइटीतर्फ लैजाने खतरा रहेको छ। स्रोत : सिएनएन, प्यारेन्ट्स डटकम, मेडिकल न्युज टुडे