सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गराउँदै : मूल्यमा राहतको आश्वासन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । नेपालमा चिनीको अभाव र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले भारतबाट १९ हजार मेट्रिक टन चिनी खरिद गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यो चिनी अर्को हप्तासम्म नेपाली बजारमा आइपुग्नेछ। विभागका निर्देशक राकेश पाण्डेले चिनी आयात भएपछि बजारमा चिनीको अभाव र मूल्यवृद्धि रोक्न मद्दत गर्ने दाबी गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस अघि, साउन महिनामा विभागले चिनी खरिदका लागि ७३ वटा निजी व्यापारिक फर्महरूमध्ये ७ वटा फर्मलाई छनोट गरेको थियो । जसले कुल १९ हजार मेट्रिक टन चिनी आयात गरिरहेका छन् । यो चिनी बजारमा १०७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने तयारी गरिएको छ ।

यो कदमले चिनीको मूल्य नियन्त्रणमा राख्न र उपभोक्ताहरूको चिनीको अभावसम्बन्धी गुनासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको सरकारले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad