तुलसीपुरमा अटो पल्टिदा एक जनाको मृत्यु

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, १२ भदौ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृत्यु हुनेमा दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४५१३ नम्बरको अटो तुलसीपुर–१२ टरिगै नजिकै आज बिहान साढे ८ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा अटोमा सवार रहेका उहाँ घाइते हुनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा परी गम्भिर घाइते भएका बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उपचारकै क्रममा आज बुधबार बेलुका सवा ६ बजेको समयमा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक दंगीशरण–२ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad