दाङमा भाइरल ज्वरो, रुखाखोकीका बिरामीको चाप बढ्दो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । मौसममा परिवर्तन देखिएसंगै पछिल्लो समय भाइरल ज्वरो, रुखाखोकीका बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा आउने करिब आधाजसो बिरामी भाइरल ज्वरो र रुघाखोकीका बिरामी रहेको डाक्टरहरुले बताएका छन् ।

तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा दैनिक करिब ५ सय बिरामी आउँछन् । अस्पतालमा दैनिक आउने बिरामीमध्ये करिब ४० प्रतिशत भाइरल ज्वरो र रुघाखोकीका बिरामी छन् भने करिब १ प्रतिशत डेंगीका बिरामी पनि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय अस्पतालमा आउने १० जना बिरामीमध्ये १ जनामा डेंगीका बिरामी देखिने गरेको उहाँले बताउनुभयो । हालको मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरूको संख्या तीव्र रुपमा वृद्धि भएको हो ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीमध्ये करिब ५० प्रतिशत भाइरल ज्वरो र रुघाखोकीका छन् । प्रतिष्ठान प्रेस सल्लाहकार निशानदाजु भट्टराईले प्रतिष्ठानमा आउने करिब ५० प्रतिशत बिरामी भाइरल ज्वरो र रुघाखोकीका रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मौसममा आएको परिवर्तनले शरीरको प्रतिरक्षा प्रणालीलाई असर पार्न सक्छ, जसले गर्दा भाइरल संक्रमणको जोखिम बढ्छ । यसैले गर्दा, अस्पतालहरूमा अहिले भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरूको चापमा वृद्धि देखिएको हो ।

यस अवस्थालाई समयमै उपचार गर्न र स्वास्थ्य मापदण्डहरू पालना गनुपर्ने डाक्टर प्रदिप अधिकारीले बताउनुभयो । उहाँले यस अवस्थामा सबैलाई सचेत रहन र आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सुझाव दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad