तुलसीपुरमा जारी ठण्डर लिग-२०८१ मा आज एक खेल हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ भदौ । तुलसीपुरमा जारी ठण्डर लिग-२०८१ मा आज एउटा खेल हुने भएको छ । प्रतियोगितामा आज बेलुका हिरा डाँगी फाउण्डेशन टिम ‘सि’ र ठण्डर लेजेण्ड बिच खेल हुने आयोजकले जनाएको छ । खेल बेलुका ५ बजे अरनिको मैदानमा हुन लागेको हो ।

प्रतियोगितामा हिरा डाँगी फाउण्डेशन टिम ‘ए’ ३ अंकका साथ शिर्ष स्थानमा रहेको छ । सोमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हिरा डाँगी फाउण्डेशन टिम ‘ए’ ले टिम ‘बि’लाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगितामा १८ वर्ष मुनिका महिला र पुरुष खेलाडी सहभागी छन् । प्रतियोगिताको बिजेता टिमले नगद १० हजारसहित ट्रफी पाउने आयोजक बिपिननाथ योगिले जानकारी दिनुभयो ।

ठण्डर यति फुटबल क्लब र एस्नुर ग्रपको सहआयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad