भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ ।

सोमबार सातदोबाटोस्थित मैदानमा भएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमा हुँदा बंगलादेशले भारतलाई ४-३ गोलले हराएको हो । यसअघि खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यससँगै यस संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

उक्त हारको बदला पनि बंगलादेशले लिएको छ । अब बुधबार हुने उपाधि भिडन्तमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad