सल्यान छत्रेश्वरीका ८२१ घरमा खानेपानी धारा, पौने तीन करोड लगानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८२१ खानेपानीको धारा निर्माण भएका छन् । पालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पुर्‍याएको हो ।

जसबाट पाँच हजार ३६० जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, सङ्घसंस्था एवम् परियोजनाहरुसंगको सहकार्य र साझेदारीमा योजना सञ्चालन गर्दा एक वर्षको अवधिमा ८२१ बढी घरधुरीमा खानेपानीको धारा निर्माण गर्ने सफलता मिलेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए । पालिकाका विभिन्न ३६ योजना तथा गाउँपालिकासँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना ९सु स्वा० मार्फत घरघरमा धारा निर्माण गरिएको उनको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्ने गरेकी सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर नियमित पानी आउन थालेपछि दङ्ग छिन् । पानीको समस्यासँगै सबैभन्दा बढी जुध्ने गरेका छत्रेश्वरीकै वडा नं ७ स्थित पानीखोलाका महिलाहरू जागरूक भएर महिलाहरूको मात्रै समिति निर्माण गरेर वृहत् योजना सम्पन्न पार्दै घरघरमा धारा निर्माणसँगै विकटको मुहानबाट पानी ल्याउन सफल भएका छन् । स्थानीय मिना कुमारी वलीले अहिले वर्षौँ देखीको खानेपानी समस्या समाधान भएको बताउँछिन् । गाउँपालिकाले स्थानीय समुदायलाई समेत सक्रिय बनाउँदै विभिन्न निकायसँगको साझेदारीमा एक वर्षको अवधिमा मात्रै उल्लेख्य प्रगति हासिल गरेको छ ।

खाने पानीका धारा सँगै घरघरमा हात धुने स्थान तथा चाङ समेत निर्माण भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै लगानीबाट ३६ वटा योजना सम्पन्न गरेर ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नवीन चन्दले जानकारी दिए । यस्तै सु स्वा परियोजना मार्फत ३०९ जनाको घरमा धारा निर्माण भएको गाउँपालिकाको वास इकाई ले जानकारी दिएको छ । परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार ७३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनले भने, ‘घरघरमा खाने पानीका धारा सँगै भाँडाकुँडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान पनि बनाइएको छ । गत आर्थिक वर्षमा खाने पानीका ४ वटा वृहत् योजना सम्पन्न भएका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा नं १ मा ७९ लाख ४७ हजार ११३ रुपैयाँको लागतमा १४६ घरमा धारा पुर्‍याएर दुदेलिगैरा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ भने वडा नं २ मा ३२ लाख ९७ हजार ८६४ रुपैयाँ लागतमा पांग्रेखोला दमाचौर खानेपानी तथा सरसफाइ योजनाबाट ४५ घरमा धारा पुगेको केसीले जनाए ।

यस्तै वडा नं ४ मा ३४ लाख ८६ हजार ८०७ रुपैयाँ लागतमा निर्माण भएको ढुंगेखानी हारिचार पोखरी डाँडा खानेपानी योजनाले ३२ घरमा धारा पुगेको छ भने वडा नं ७ मा ५२ लाख ४१ हजार २६३ रुपैयाँ लागतको छहरे खोला पानी खोला खानेपानी तथा सरसफाइ योजनाबाट ८६ घरमा धारा पुगेको उनले जनाए । सु स्वा परियोजनाको ६१।१४ प्रतिशत, गाउँपालिकाको १३।६२ प्रतिशत र उपभोक्ताको २५।२३ प्रतिशत साझेदारीमा खानेपानी तथा सरसफाइका योजनाहरू सम्पन्न भएको वास इकाई ले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न कम हुँदै गएका खाने पानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्ध कुमारी खत्रीले जनाइन् । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपैयाँ लगानी भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

मानव स्वास्थ्य, वातावरण, र सामाजिक–आर्थिक विकासका दृष्टिले दिगो तथा स्वच्छ खानेपानीको महत्त्व धेरै रहेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले पानी स्रोतहरूको पहिचान, संरक्षण, र उचित व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिएको बताए । समुदायका मानिसहरूलाई पानीको संरक्षण, उपयोग, र सरसफाइबारे सचेतना जगाउने काम पनि भइरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाले दिगो खानेपानी व्यवस्थापनमा समुदायलाई सक्रिय रुपमा सहभागिता गराउने जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वच्छ खानेपानीको सुनिश्चितता सँगै सरसफाइको उचित व्यवस्था पनि जरुरी देखिन्छ । यसमा स्थानीय सरकारले शौचालय निर्माण, फोहोर मैला व्यवस्थापन, र जनचेतना कार्यक्रमहरूको माध्यमबाट सरसफाइ अभियान चलाउन आवश्यक छ । पानीको अनियमित प्रयोग, प्रदूषण, र दुरुपयोग रोक्नका लागि स्थानीय सरकारले आवश्यक नियम र कानुनहरूको निर्माण र कार्यान्वयन गर्नुपर्छ । यसमा जरिवाना, प्रोत्साहन, र निगरानीको व्यवस्था समावेश गर्न आवश्यक रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

खानेपानीको गुणस्तर र वितरण प्रणालीको प्रभावकारिता सुनिश्चित गर्न नियमित निरीक्षण, निगरानी, मूल्याङ्कन तथा सङ्घीय सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था, र निजी क्षेत्रसँग सहकार्यमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण मानिन्छ । सङ्कटको समयमा खानेपानीको अभाव हुन नदिनका लागि स्थानीय सरकारले बाढी, खडेरी, वा अन्य प्राकृतिक प्रकोपको समयमा पानीको आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध तयारी र व्यवस्थापनको आवश्यकता छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad