लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय स्थापना गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय  गर्ने भएको छ । मन्त्री परिषद बैठकले प्रदेशका १२ वटै जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालय समेत रहने निर्णय गरेको हो । साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ ।

अहिले सम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो । उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यो प्रस्ताव मन्त्री परिषद बैठकमा पेश गर्नु भएको थियो । मन्त्री न्यौपानेले पेश गरेको प्रस्ताव मन्त्री परिषद बाट निर्णय भएको हो । पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले सबै जिल्लामा कार्यालय स्थापनाका लागि आफुले मन्त्री परिषदम सिफारिस गरेको र मन्त्री परिषद बाट यो निर्णय भएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सबै जिल्लामा पर्यटन कार्यालय समेत स्थापना भएकाले पर्यटन विकासमा सहज हुने समेत मन्त्री न्यौपानेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad