रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक जना घाईते

दाङ, ७ भदौ । रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको भूमे गाउँपालिका ९ चुन्वाङका २७ वर्षिय न्युटन घर्तीको बिहिबार बिहान राती ८ बजे मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुधबार सिस्ने गाउँपालिका वडा नम्बर ५ को धौलापैरा जंगलमा अरिङगालको टोकाईबाट गम्भिर घाईते भएका घर्तीलाई रुकुम पूर्व जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको स्थानीय चन्द्र बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले शव पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ ।

अरिङगालकै टोकाइबाट घाईते भएका सिस्ने गाउँपालिका वडा नम्बर ७ का २४ वर्षिय कमल रेउलेको भने स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको छ । उहाँको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको बिसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad