दाङमा टिमुर उत्पादनमा वृद्धि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार जिल्लामा टिमुर उत्पादनमा वृद्धि भएसँगै बाहिर निकासी समेत बढ्न थालेको छ ।

टिमुर रोप्नका लागि निःशुल्क विरुवा वितरणसँगै थोरै लागनी र कम मिहिनेतमा सजिलै टिमुर खेती गर्न सकिने भएकाले पहाडी क्षेत्रका किसानले व्यावसायिक रूपमै टिमुर खेती गर्न थालेको डिभिजन वन कार्यालय दाङका बरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्य बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा राष्ट्रिय वनबाट २० हजार एकसय ३५ केजी र निजी वनबाट एक लाख ४९ हजार छ सय ७० केजी गरी एक लाख ६९ हजार आठसय पाँच केजी टिमुर उत्पादन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत आर्थिक वर्षको तुलनामा ६४ हजार केजी बढी हो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय वनबाट १८ हजार केजी र निजी वनबाट ८२ हजार नौ सय ६ गरेर एक लाख पाँच हजार नौ सय ६ केजी टिमुर जिल्लामा उत्पादन भएर बाहिरी जिल्ला निकासी भएको थियो । यसैगरी जिल्लामा आर्थिक वर्ष २०७८–७९ मा दुई लाख ४१ हजार सातसय ४२ केजी टिमुर बिक्री भएको थियो ।

जसमध्ये राष्ट्रिय वनबाट २९ हजार पाँचसय ५० केजी र निजी वनबाट दुई लाख १२ हजार एकसय ९२ केजी टिमुर जिल्लाबाट बिक्री भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा राष्ट्रिय वनबाट ४० हजार ५ केजी र निजी वनबाट एक लाख ३७ हजार केजी गरेर एक लाख ७७ हजार पाँचसय केजी र आर्थिक वर्ष २०७६–७७ मा ९६ हजार सातसय ४५ केजी टिमुर बिक्री भएको थियो । पछिल्लो पाँच बर्षको तथ्याङकले जिल्लामा टिमुर उत्पादन वृद्धि हुँदैगएको देखाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad