‘झोले कार्यकर्ताले भिडियो आधा हेर्छन्‌, अनि गाली बर्साउँछन्‌’

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाईजात्रामा दिवङ्गतहरूको सम्झना र विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ । त्यसो त नेपालको राष्ट्रिय राजनीतिले वर्षैभर नागरिकबीच एकखाले गाईजात्रा देखाइराखेको छ । केही महिनामै परिवर्तन हुने सरकार, हरेक महिना विश्वास गुमाउँदै जाने प्रधानमन्त्री अनि बाह्रै महिना राजनीतिक जालझेलबीच गुज्रिराखेका पार्टीहरूका कारण पछिल्लो समयमा हास्यव्यङ्ग्य कलाकारको भन्दा राजनीतिक नेतृत्वको भूमिका चाहिँ गाईजात्रामय बन्ने गरेको छ । त्यसले गाईजात्रालाई केही फिक्का बनाएको छ । तर पनि हामी औपचारिक रूपमा एउटा सांस्कृतिक जात्राका गाईजात्रा मनाउँदै आएका छौँ । वर्षभर भएका राजनीतिक, सामाजिक र विभिन्न घटनाक्रम माथि हास्यव्यङ्ग्य गाईजात्रे प्रस्तुतिबारे गाईजात्रे कलाकार कमल गाउँलेसँग गरेका कुराकानीको सम्पादित अंश:

तपाईंहरू त यतिखेर फिक्का, खुकुलो, अलिकति विषयवस्तु नपाइने खालको परिस्थितिबाट गुज्रिनु परेको छ होला, किनकी तपाईंहरूभन्दा बढी हास्य कलाकार राजनीतिले जन्माइदिइहाल्यो !

Blog Post Ad Blog Post Ad Blog Post Ad

हो, राजनीतिक नेतृत्वहरू कलाकार बन्दै हुनुहुन्छ । यो राम्रो पक्ष हो । हाम्रो पेसा उहाँहरूले सम्हालिदिनुहोस् । तपाईंहरूको पेसा हामी समाल्छौँ र देश बनाउँछौँ ।

हामी वर्षैभर गाईजात्रा गर्छौं । उहाँहरूलाई अतिथिका रूपमा राख्छौँ । हामी जनता पनि गोरु छौँ । जस्तो अहिलेको प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्‍यौँ भने उहाँले मुसुमुसु प्रचण्ड वा देउवातिर हेर्दै भन्नुहुन्छ- ‘म यो वर्षभर हिट रहेछु नि ! यी मेरो नाम आयो ।’ यो देउवा वा प्रचण्ड वा कुनै पनि नेताको नाम आउने बित्तिकै ‘मै हिट रहेछु’ भन्ने सोचाइ आउँछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘वर्षभरि रमाइलो २०८४ भीषण’ भनेर निकाल्नुभएको छ, तपाईंलाई न त्यतिबेला मन्त्री पो भइहाल्छु कि भन्ने हो कि ?

मलाई धेरैले तपाई यो देशको मन्त्री मुख्यमन्त्री बन्नुपर्‍यो भनेर भन्नुहुन्छ । किसानले कृषि गरोस्, नेताले राजनीति सम्हालोस्, पत्रकारले पत्रकारिता सम्हालोस्, कलाकारले कलाकारिता गरोस्, सबैले आ–आफ्नो फिल्डमा काम गरेर देश बनाऊ भनी अपेक्षा राख्थेँ । तर होइन रहेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो देशमा सबैभन्दा मुख्य कुरा नै राजनीति रहेछ । त्यसैमा हामी अटेको छौँ । अहिले कुनै एउटा पार्टीको झोले भइएन भने खान नपाउने अवस्था सिर्जना भएजस्तो देखिन्छ । त्यसैले सबै नेताले ‘मिसन ८४’ भनिरहेका छन् । त्यतिबेला एउटाले दुई तिहाइको बहुमत ल्याउँछु भनेर नचिताए पनि हुन्छ । फेरि खिचडी सरकार नै हुने हो । अहिले ८४ भन्ने फेरि ८९ भन्ने ! हामी त गनेर मात्रै बस्ने हो, विकास केही हुँदैन ।

कोभिडको समयतिर तपाईं गृह जिल्ला दाङतिर फर्किनुभयो । ल अब कमल गाउँले काठमाडौँ नआउने हो कि भन्ने खालको सामाजिक सञ्जालमा बहस पनि चल्या थियो । तर, गाउँबाट फर्किसके तपाईंले गाउँ-गाउँमा सिंहदरबार पुगेको रहेछ, रेल पनि पुगेको रहेछ भन्नुभयो । केपी ओली प्रधानमन्त्री हुँदा ’आइ लभ यु केपी बा’ भनेर पनि निकाल्नुभयो । अहिले चाहिँ उनै प्रधानमन्त्री हुँदा गिरिबन्धु र भुटानी शरणार्थी भनेर हुन्छ त ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

मैले नेतालाई ‘आइ लभ यु’ भनिनँ । ‘बाइ लभ यु केपी बा’ भनेको हुँ । यसपालि पनि मैले ‘लौ उखान टुक्का जोड, झापामा जाऊ, भजन गाऊ, पार्टी साटी छोड, ए केपी बा’ भनेर बोलेको थिएँ । ‘आई लभ यु’ भन्ने खालको कामकाज केही नगरेको कारणले उहाँले ‘घर घरैमा रेल आउँछ’ भन्नुभएको थियो । त्यो बेला पनि मैले ‘कहिले जाउँला धनगढी जाउँला, धुलिखेल अब आउँछ रे चाइनाबाट रेल’ केपी ओलीले ल्याउन नसकेको रेल कमल गाउँलेले ल्याएको; मान्छेहरूले कस्तो रमाइलो मानिदिनुभयो ।

पछिल्लो समय त हामीले अझ नियन्त्रण गरेर व्यङ्ग्य गर्छौं । कोहीले बोलेको यस्ता कुराहरू हुन्छन्- त्यसमा उहाँहरूको मन दुख्ला कि नदुख्ला जस्तो लाग्छ । अब हरेक वर्ष कमल गाउँलेको गाईजात्रा आएन भने त गाईजात्रै आएको जस्तो लाग्दैन भन्ने खालका कमेन्टहरू पाउँछु । श्रोताहरूले मन पराउनुभएको भ्यूज, लाइक र कमेन्टहरूले नै प्रमाणित गर्छ । त्यसैले हरेक वर्ष एउटा निकालौँ न त, भएकै घटना हो भनेर मैले निकालेको हुँ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अब त झन् हरेक दिन गाईजात्रा भनेर ५/७ मिनेटको आफ्नो च्यानलमा राखौँ भन्ने लागेको छ । देशमा राजनीति धेरै भयो, अब समाज र सामाजिक ग्रामीण भेगका कुराहरूलाई जोड्न पाए पनि राम्रो हुन्थ्यो भन्ने लाग्छ । तर, अहिले त दर्शकहरू पनि झ्याम्मै हानिहाल्यो, बोलिहाल्यो भन्ने कुरामा बढी वाहवाही गर्नुहुन्छ । नकारात्मक कुरामा बढी ध्यान केन्द्रित भएको छ । सकारात्मक कुरामा पनि ध्यान जानुपर्छ । दर्शकलाई केही मन परेन भने आधाउधी भिडियो हेरेर कमेन्टमा गाली गर्न थाल्नुहुन्छ । पूरै भिडियो हेरेर मात्र सबै कुरा बुझिन्छ ।

तपाईंले २०५७ मा राजा वीरेन्द्रको पालादेखि निकाल्नुभयो, ज्ञानेन्द्र शाह भोग्नुभयो, असोज १८ भोग्नुभयो, माघ १९ भोग्नुभयो, १९ दिने आन्दोलन पनि भोग्नुभयो, गणतन्त्र भोग्नुभयो, लोकतन्त्र भोग्नुभयो, गिरिजाप्रसाद कोइरालाको शासन पनि भोग्नुभयो । शब्द छनोट गर्दा हिजो र आजमा केही फरक आएको छ ?

हिजो र आजमा फरक छ । किनकि हिजो सामाजिक सञ्जाल थिएन । अहिले त तिनै नेता बोलेको दुनियाँभर एकै चोटि पुग्छ । हामीले त सम्मान गरेर नै कन्टेन्ट बनाएका छौँ । तर, जनताले त कस्तो कस्तो कमेन्ट गरिरहेका हुन्छन् ।

अहिले त जो पनि एक न एक पार्टीमा आबद्ध हुनैपर्छ । उसको झोला बोक्नै पर्‍यो । त्यहाँ कहाँनिर कुन नेताबारे चित्त बुझेन, त्यहाँ रोकिएर दुनियाँथरी लेख्न थालिहाल्छ । यही हो अहिलेको समस्या !

त्यो बेलाका कन्टेन्ट कस्ता हुन्थे ?

कन्टेन्ट त सामान्यतयाः अहिलेका जस्तै हुन् । क्यासेट हुन्थ्यो । त्यो बेला मेरो केही कुरा आउँदा ‘लु यसको यो आयो’ भनेर गाँउभर हल्ला हुन्थ्यो । डाँडामा ठूलो क्यासेट बजाएर, सबै मान्छे भेला भएर त्यो सुन्थे ।

त्यो चिज अहिलेको बच्चालाई केही थाहा छैन । मेरो आजका बच्चाले पनि समग्रमा १५ वर्ष माथि वा २५ वर्षसम्म ३ या ४ प्रतिशतले हेरेका छन् । त्यसकारण बच्चालाई सुधार्नुपर्ने कुरा मोबाइल चलाउन नदिने हो । तर अहिले हरेक बच्चाको हातमा मोबाइल छ । तिनले हेर्ने कन्टेन्ट सबै बाहिर चीन र भारतले बनाइदिइसकेको छ । हामी नेपालीले त्यो बनाउन नै सक्दैनौँ ।

अहिलेका बच्चालाई त गाईजात्राको विषयमा धेरै ज्ञान छैन । तर, त्यो बेलामा त सानैदेखि क्यासेटहरू सुन्दै आएको मान्छे हुँ भन्दै लेख्नुभएको छ । त्यो बेला मेरो हाइट र स्वर पनि सानो थियो होला । तर, अहिले त चिच्याएर मोबाइल मोबाइलमा आउन थालेको छु ।

तपाईंसँगै देखिने गाईजात्रे कलाकारहरू अहिले कोही कता पुगे होलान्‌, तर कम्तिमा त्यो बिँडो तपाईंले थामिराख्नुभएको छ, यो गाईजात्राको क्यासेट निकाल्ने काम कमल गाउँलेकै बिर्ता हो कि क्या हो भन्ने परिस्थिति बन्यो नि ?

यो त हास्यव्यङ्ग्य कलाकारका लागि गौरव हो । म भन्दा अग्रजहरू शैलेन्द्र राई, दीपक दाइ र धुर्मुसहरूको पनि आउँथ्यो । पहिला मैले तीनवटा क्यासेट सुरु गर्दा बल्ल धर्मुसले धौलागिरि क्यासेट सेन्टरबाट निकाल्नुभएको थियो ।

गाईजात्रामा यत्रो हास्यव्यङ्ग्य कमेडी गर्ने साथीहरूले आ–आफ्नो क्षेत्रबाट अलिअलि झकझक्याउन गाली गरौँ, सबैको गाली सुन्दा कति गाली सुन्नु ? अब देशबारे केही गरौँ न त भन्ने खालको केही सन्देश दिऊँ न त ! तर उहाँहरूले किन नदिनु भएको हो, थाहा छैन । तर, मैले म बाँचुन्जेल दिइरहन्छु ।

सँगैका कलाकारहरू कोही क्लब खोलेर बसे, कोही विदेशतिर गए, कसैले फिल्म खेल्न थाले । अब यो वर्षमा एक चोटी एउटा क्यासेट निकालेर के गर्नु भन्ने लाग्दैन ?

म यो काम गरिरहन्छु । यसरी सबै श्रोताको मनमा बसेर काम गर्न त भाग्यमानी मान्छेले मात्रै पाउँछ ।

मैले १९९० सालमा भएको राष्ट्रिय मादल प्रतियोगितामा नेपालभरबाट सर्वोत्कृष्ट पुरस्कार समेत पाएको थिएँ । दोहोरी साँझमा काम गर्दा पनि धेरै गीतहरूमा वाद्यवादन गरेको थिएँ । क्यारेक्टरमा जाँड खाने भयो भने त्यो कमल गाउँलेले गर्ने भन्ने छ ।

मलाई गाउँका आमाले ‘कति जाँड खाएकोमा मात्रै गर्छस्, अरूमा पनि पनि गर न !’ भन्नु हुन्छ । मैले हैन नि ‘म त त्यसैमा सुट भइसकेँ, भर्ना भइसकेँ’ भन्छु । मेरा २४ वटा झटारा छन्, सबै प्रिय लाग्छन् ।