तनहुँमा बस दुर्घटना हुदा १४ जनाको मृत्यु, १६ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । उद्धार कार्यमा गोताखोर, प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार अप्ठेरो ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारको काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad