दाङ्ग महिला जेसिजद्वारा महिलालाई धुप बनाउने तालिम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, ६ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन महिलालाई धुपबत्ती बनाउने तालिम दिइएको छ ।

विहीवार घोराही उपमहानगरपालिका–१५ स्थीत त्रिभुवननगर जेसीजको कार्यलयमा धुपबत्ती बनाउने तालिम गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा दाङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा थापाको प्रमुख आतिथ्य एवंम दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा महिलाहरुलाई धुपबती बनाउने तालिम प्रदान गरिएको थियो ।

तालिममा सहभागीलाई धुपबत्ती बनाउने सम्वन्धी सिप विकास मञ्च दाङकी अध्यक्ष बिष्णु थापाले प्रशिक्षण दिएकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा थापा, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभुवननगर जेसीजका अध्यक्ष रबिकिरण केसी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिन्दु गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सिपले आयआर्जनमा सहयोग पु¥याउने भन्दै हरेक व्यक्तिका लागि सिपको महत्व भएको बताएका थिए । सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके आयआर्जनमा सहयोग पु¥याउने भएकाले तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल संयोजक मिना भण्डारी वलीले जानकारी दिएकी थिइन । मुल संयोजक वलीका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैठौ दिन खाद्यान्न सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम संयोजक बिन्दु डाँगी पाण्डेयको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा आस्था पाठ दीपा पुनले गराएकी थिइन । कार्यकारिणी उपाध्यक्ष अर्चना शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष भीमा डिसीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad