लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन फरार सांसद केसी पनि आउने

Blog Post Ad Blog Post Ad Blog Post Ad
मुख्यमन्त्री आचार्यले आज दिउँसो १ बजे विश्वासको मत दिने कार्यतालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरिसकेको छ । अहिले प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
८७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र कांग्रेसको बहुमत पुग्ने भए पनि साना दलले पनि विश्वासको मत दिने भएका छन् ।

जस अनुसार सत्ता साझेदार कांग्रेस र एमालेले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेका छन् ।

तर, विश्वासको मत दिन कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डिबी प्रदेश सभा बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई विपक्षी दल माओवादी केन्द्रले चासोका साथ हेरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कानुनतः केसी सांसदको उम्मेदवार समेत बन्न योग्य थिएनन् । तर, अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर उनी रुकुम पूर्वको प्रदेश (ख) सांसद निर्वाचित भए ।

केसीलाई तत्काल पक्राउ गरेर जेल हाल्नुपर्ने प्रमुख प्रतिपक्ष दल माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारूले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा होइन जेलमा हुनुपर्छ,’ प्रमुख सचेतक थारूले भने, ‘जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानुनी राज्यको उपहास हो ।’

चौधरीले यस विषयमा माओवादीले प्रदेशसभामा कुरा उठाउने समेत बताए । फरार सांसद केसी निकट स्रोतका अनुसार उनी आज विश्वासको मत दिन प्रदेशसभा बैठकमा सहभागी हुने तयारीमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सांसद केसीलाई पक्राउ गर्न रुकुम पूर्वको प्रहरी भनिसकिएको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad