खातामा पैसा नभएको चेक दिएर झुक्याउने घोराहीका एक व्यापारी पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, ३ भदौ । दाङको घोराहीका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्बसदस्यसमेत रहेका छबिनारायण गिरिलाइ बैंकीङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही-१५ मा व्यवसाय संचालन गर्दै आएका गिरिका नाममा पार्बती कवरले चेक बाउन्समा जाहेरी दिएपछि गिरिलाइ पक्राउ गरिएको उहाले बताउनुभयो ।

उहाँका अनुसार गिरिले ती महिलालाइ १९ लाख ८० हजारको खातामा पैसा नभएको खालि चेक दिएर झुक्याएका थिए । दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाइ गत श्रावण ३० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अदालतबाट ५ दिनको म्याद लिएर पक्राउ परेका गिरिमाथी बैंकीङ कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad