कालाखोलामा पुलमाथि पानी, घोराही–तुलसीपुर सडक अबरुद्ध

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ भदौ । दाङको तुलसीपुर– ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । आज मंगलबार आएको बाढीले यातायातका सवारी साधन आवतजावत बन्द भएको तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जीसीले जानकारी दिनुभयो ।

सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु समस्यामा परेका छन् । उहाँका अनुसार पुलमाथीबाट आएको पानीले साना तथा ठूला सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पानी निरन्तर परिरहेकोले पानीको बहाब बढ्दै गएको छ । बर्खाको समयमा सुरक्षित भएर यात्रा गर्न वडा अध्यक्ष जीसीले सबैलाई अनुरोध गर्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad