तुलसीपुरमा तीन वटा सवारी साधन एकआपसमा ठोकिदा दुई जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । दाङको तुलसीपुरमा तीन वटा सवारी साधन एकआपसमा ठोकिदा दुई जना घाइते भएका छन् । मिनी ट्रक, स्कुटी र ट्रक एकआपसमा ठोकीदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कायालय तुलसीपुरका अनुसार स्कृटी चालक तुलसीपुर- ९ का २७ वर्षीया कल्पना नेपालीको छाति, दुवै हात खुट्टामा चोट लागेको छ । उहाँको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै स्कुटीमा पछाडी सवार घोराही- ८ का २७ वर्षीय किरण भण्डारीको शरिरमा भित्रि चोट रहेको र अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।

घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । आज बिहिबार दिउँसो ४ बजेतिर नेपालगंजबाट तुलसीपुर तर्फ आउदै गरेको बाग्मती प्रदेश ००३ क ९७५६ नंम्बरको मिनि ट्रक र सोही दिशाबाट आउदै गरेको रा ५ प २६९१ नंम्बरको स्कुटी र विपरित दिशाबाट जादै गरेको भे १ क १८०१ नंम्बरको ट्रक एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटना तुलसीपुर- १२ रझेनामा भएको हो । प्रहरीले बाग्मती प्रदेश ००३ क ९७५६ नंम्बरको मिनि ट्रक चालक पाल्पा रैनादेबी छहरा गाउँपालिका ३ का ३१ वर्षका चन्द्र बहादुर रावत र भे १ क १८०१ नंम्बरको ट्रके चालक बाँके कोहलपुर नगरपालिका-७ का ३३ वर्षका सुमन थारुलाई नियन्त्रणमा लिएको छ ।

तिन वटै सवारी साधन प्रहरी चौकी जसपुरको नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad