रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुमपश्चिम, २८ बैशाख । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परेर आठबिसकोट नगरपालिका १४ छेपारका ट्याक्टर चालक २२ वर्षीय विकास खड्का र सोही स्थानमा १९ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । तीनै जना घाइतेलाई उपचारका लागि चौरजहारी अस्पतालतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पहिचान भने खुलेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आठविसकोट नगरपालिका १४ छेपारे नजिकै आज शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आठबिसकोटको पीपलचौरबाट जाजरकोटको रिम्नातर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरी नदीमा खसेको हो । ट्याक्टर भेरी नदिमै रहेकोले नम्बर खुलेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त ट्याक्टरमा चालकसहित पाँच जना चढेको बताइएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad