राजपुरका आगलागी पिडितलाई नेकपाकाे राहत हस्तान्तरण,भत्किएका घर बनाइदिने घोषणा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ बैशाख । नेत्रविक्रम सी ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पीडितलाई नगद राहत हस्तान्तरण गरेको छ । पार्टीका पिबिएम शितल सी सहितको टोलीले राजपुर गाउँपालिका -७ हाटवासका आगलागी पीडितलाई नगद २८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

बिहिवार पार्टीका पिबिएम एवम केन्द्रीय न्याय बिभाग प्रमुख शितल सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय सदस्य सम्झना सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतका नेताकार्यकर्ताहरु भीषण आगलागीबाट क्षतविक्षत भएको बस्ती हाटबासमा पुगेर राहत संकलन समितिका संयोजक एवम राजपुर गाउँपालिका -७ का वडाअध्यक्ष पुष्कर वलीलाई नगद राहत हस्तान्तरण गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राहत हस्तान्तरण गर्दै नेकपाका पिबिएम एवम केन्द्रीय न्याय बिभाग प्रमुख शितल सीले आगलागीबाट भएको भौतिक क्षतिमा पार्टीको तर्फबाट दुख व्यक्त गर्दै राज्यले तत्काल राहत , पुनर्निर्माण लगाएतका कामहरु प्रभावकारी ढंगले अगाडी बढाउन सुझाब दिनुभयो ।

नेता शितलले जनताको दुख संगसंगै नेकपा जहिलेपनी हातेमालो गर्ने पार्टी भएकाले यो भीषण आगलागीबाट भएको भौतिक क्षतिमा पनि नेकपा संगै रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पार्टीका दाङ जिल्ला इन्चार्ज सविन सीले अग्निपिडित जनतासंग आफ्नो पार्टी दुख साटासाट गर्न आएको बताउनुभयाे ।

नेता सविनले राज्यले आफ्नो नागरिकको सम्पुर्ण सम्पती नष्ट हुँदा जुनप्रकारको पहलकदमी सहित आउनुपर्ने थियो त्यो नदेखिएको प्रती पार्टीको तर्फबाट दुख समेत व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो– ‘राज्यले अभिभावकिय भुमिका निर्वाह गर्नुपर्दछ । यहाँ स्थानीय , प्रदेश र केन्द्रीय सरकारले नागरिकलाई यति ठूलो दुख पर्दा सहयोग गर्नुपर्ने , यहाँ प्रहरी छ , आर्मी छ । राज्यले चाहेको भए आफ्नो फोर्स परिचालन गरेको भए यो काम एक हप्तामा सम्पन्न हुने काम हो तर राज्य निरीह छ । राज्य यति निरीह छ कि , निकायहरु यति निरीह छन् कि मान्छेको पिडामा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने मात्रै सोच्ने गर्दछ्न । हामी सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छौ कि यहाँका अग्निपिडित जनतालाई यथासिघ्र राहत उपलब्ध गराउन , भत्किएका घरहरु पुनर्निर्माण गरिदिनुपर्ने , भौतिक क्षतीको राज्यको तर्फबाट परिपुर्ति गर्नुपर्ने पार्टीको तर्फबाट माग रहेको छ ।’

नेता सविनले जनतालाई जहाँ दुख पर्छ त्यहा नेकपा पुग्ने भएकाले पार्टीले गरेको सानो नगद सहयोग बाहेक पार्टी नेताकार्यकर्ता अग्निपिडित जनताको भौतिक निर्माणमा हातेमालो गर्न पनि आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेता सविनले भत्किएका घर पुनर्निर्माणका लागि पार्टीले श्रम शिविर चलाउने उद्घोष समेत गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राहत हस्तान्तरण कार्यक्रममा राजपुर – ७ का वडाअध्यक्ष एवम राहत संकलन समितिका संयोजक पुष्कर वलीले राहत उपलब्ध गराउने नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद व्यक्त गर्नुभएको हो ।

भौतिक क्षतीको विवरण एवम हालसम्मको संकलित राहतबारे जानकारी दिदै वडाअध्यक्ष वलीले करिव ५ करोडको क्षती भएको , २६ मध्य २३ घर जलेर नष्ट भएको , हालसम्म करिव साढे ४ लाख नगद राहत सहित अन्य लत्ताकपडा , टेन्ट , पाल , जस्तापाता लगाएतका राहत सामाग्री प्राप्त भएको जानकारी समेत दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राहात हस्तान्तरण कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।