कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी हिरा दाङबाट पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ बैशाख । दाङमा एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० बर्सिया हिरा विकलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेकी विकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले दाङ प्रहरीसँगको समन्वयमा बबई गाउँपालिका ५ हुरुमबेलीचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विकमाथि आफ्नै देवरानीको हत्या गरेको आरोप छ । हिराले २०७५ साल पुस २५ गते बिहान आफ्नै देवरानी २८ बर्सिया कल्पना नेपालीलाई कुटपिट गरी घाइते बनाएको र घाइते कल्पनाको २०७८ मङ्सिर २९ गते मृत्यु भएको थियो । त्यसपछि फरार भएकी हिरालाई वैशाख २७ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad