तुलसीपुरमा दिनदहाडै मोटरसाइकल चोरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

वैशाख, २७ वैशाख । तुलसीपुरमा दिनदहाडै मोटरसाइकल चोरी भएको छ । तुलसीपुर उपमहानगरको कार्यालय नजिकै रहेको पार्क क्याफेको अगाडीबाट रा ७ प २४४० नम्बरको टु-ट्वान्टी पल्सर मोटरसाइकल चोरी भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिनगरका कमल भुसालको रातो-कालो रंगको मोटरसाइकल गत शुक्रबार (बैशाख २१ गते) दिउँसो १२ बजेर ४८ मिनेटमा चोरी भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसी क्यामरामा कैद भएको दृश्यका अनुसार टु-टवान्टी मोटरसाइकलमा आएको व्यक्तिले उक्त मोटरसाइकल चोरी गरेको हो । मोटरसाइकल धनि भुसालका अनुसार पार्किङ गरेको १ मिनेटमै मोटरसाइकल चोरी भएको हो ।

भिडियोमा देखिए अनुसार चोरले मोटरसाइकल लैजान एकान्त होटेलतिरको बाटो प्रयोग गरेको देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिनदहाडै उपमहानगरपालिका कार्यालय परिसरबाट मोटरसाइकल हराउँदा पनि प्रहरीले कुनै चासो नदिएको उहाँले गुनासो गर्नुभएको छ ।

मोटरसाइकल हराएपछि तत्कालै इलाका प्रहरी कार्यालयमा जानकारी गराएपनि खोजिका लागि प्रहरीले चासो नदिएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले चोरी गर्ने व्यक्तिको पहिचान र अनुसन्धान भइरहेको दावी गर्नुभएको छ । डिएसपी पोखरेलले चोरको पहिचान छिटै हुने बताउनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad