घोराहीमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया एवं तालिम सम्पन्न

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ बैशाख । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले सरोकारवालासँग उपभोक्ता हित सम्बन्धी छलफल, अन्तत्र्रिmया एवं तालिम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको अर्थ विकास समितीका संयोजक एवं वडा नंम्वर ७ का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हितसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका राजस्व शाखाका प्रमुख कृष्ण केसी, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, पूर्वप्रमुख होम भुसालले उपभोक्ता हित सम्बन्धी बनेका कानुन र कार्यान्वयन तथा करका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपभोक्ता हितका सवालमा नियमनकारी निकायको सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए । गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेले व्यवसाय  दर्ता गरी उपमहानगरमा निन्तर नविकरण गराउने व्यवसायीलाई छुटको व्यवस्था के छ भनेर जिज्ञासा राख्नुभएको थियो । प्रश्नको जवाफ दिदै राजस्व शाखा प्रमुख केसीले नविकरणमा प्रत्येक वर्ष साउनको महिनादेखी छुट दिने गरेको जानकारी दिनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष माधव खनालले घर बहाल कर कसले तिर्ने भनेर राखेको जिज्ञासामा घरबहाल कर घरधनीकै नाम बाट तिर्ने पर्ने बताउनुभएको थियो । उहाँले व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण  गरेर मात्रै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सुशाान्त मिश्राले समय समयमा लाग्ने मेला महोत्सव तथा विभिन्न स्थानमा पार्किङका नाममा खुल्क उठाउने कार्य कानुन सम्वत भए नभएको भन्दै राखेको जिज्ञासालाई सम्बोधन गर्दै स्थानिय सरकारभन्दा अरुले पार्किङका नाममा शुल्क लिन नपाउने राजस्व शाखाका प्रमुख कृष्ण केसीले बताउनुभयो ।

कार्यक्रममा घोराही १८ का वडा अध्यक्ष भरतमणी अर्याल, वडा नंम्वर १५ का अध्यक्ष वडा रमेशकुमार पाण्डे, घोराही १४ का वडा सदस्य रचना कुमालको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण उपभोक्ता हित संरक्षण शाखाका दुर्गा बुढाथोकीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad